लोक दोहोरी प्रतिष्ठान गण्डकीको अध्यक्षमा सुरेन्द्र गुरुङ विजयी

रिजन नेपाल

पोखरा । राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा सुरेन्द्र गुरुङ निर्वाचित भएका छन् ।

Advertisement

प्रतिष्ठानको अधिवेशनमा उनले अध्यक्षका अर्का प्रत्यासी सीता केसीलाई ३८ मतले पराजित गर्दै अध्यक्ष निर्वाचित भएका हुन् । विजयी सुरेन्द्रले १ सय ३३ मत र सीताले ९५ मत प्राप्त गरे। यस्तै, वरिष्ठ उपाध्यक्षमा पूर्ण परियार, प्रथम उपाध्यक्षमा केशव देवकोटा, द्वितीय उपाध्यक्षमा आरसी पौडेल निर्वाचित भए।

महिला उपाध्यक्षमा माया गुरुङ र सचिवमा राजन कार्की र सचिव (महिला) मा मञ्जु विक सर्वसम्मत भए। कोषाध्यक्षमा ईन्द्रा गुरुङ विजयी हुँदा २ सहसचिवमा ज्योति लोहनी, रामजी पौडेल, ससहकोषाध्यक्षमा कृष्ण सुवेदी विजयी भए।

सदस्यमा सरस्वती लामिछाने, मिलन सापकोटा, विष्णुकुमार वाग्ले, दीपक पौडेल, रतिमाया खड्का, प्रेम बस्याल, विमल जिसी, प्रदीप त्रिपाठी, अनिता पन्त, युवराज भण्डारी, गोविन गुरुङ, निश्चल थापामगर, होमबहादुर गुरुङ, रीतकुमार श्रेष्ठ, सीता परियार, जयनारायण लम्साल, हिरन थापामगर र सविना केसी सर्वसम्मत भए।

More News last news
Loading...