अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा पोखरा रंगशाला निरीक्षण

रिजन नेपाल

पोखरा । अर्थमन्त्री डा. युवराज खतिवडाले शनिबार निर्माणाधीन पोखरा रंगशालाको अवलोकन गरेका छन् । उनले निर्माणाधीन फुटबल मैदान, क्रिकेट मैदान, आर्चरी मैदान, बहुउद्देश्यीय कभर्ड हल निरीक्षण गरे ।

Advertisement

सागलक्षित गरी निर्माणाधीन रंगशालाका विभिन्न भौतिक संरचना अवलोकन गर्दै निर्माणमा सरकारले बजेट सुनिश्चित गरेको पनि बताए । उनले खेल हुन अब साग आउन करिब ७० दिन बाँकी छँदा खेलकुद संरचनाको काम अनुसार नै बजेटको सुनिश्चित गर्दै जाने बताए ।

उनले अब बहसमा नलागी पूर्वाधार निर्माणमा आवश्यक बजेटका लागि अर्थ मन्त्रालयबाट कुनै अवरोध नहुने बताए । उनले भत्किएका विद्यालयको भवन निर्माण नगरी खेलकुदमै सोचेजस्तो लगानी असम्भव रहेको पनि बताए ।

उनले निर्माणाधीन भौतिक संरचनाको गुणस्तरीयताका लागि स्वयं निर्माण कम्पनी जिम्मेवार बन्नुपर्ने पनि बताए । अर्थमन्त्री डा खतिवडाले सागमा सबै देशका खेलाडीको सहभागिता सुनिश्चित रहेको बताउँदै बाँकी दिनमा युद्धस्तरमा तयारीमा लाग्न सबैलाई आग्रह गरे ।

राष्ट्रिय खेलकुद परिषद सदस्य राजेश गुरुङले मन्त्री डा. खतिवडालाई रंगशालामा निर्माणाधीन पूर्वाधारका बारेमा ब्रिफिङ गरेका थिए। यस्तै, सागका लागि बन्द प्रशिक्षणमा रहेका पुरुष राष्ट्रिय ह्याण्डबल खेलाडीहरुलाई भेटेर सफलताको कामना गरे।

More News last news
Loading...