पोखरा, ३ असोज । कास्की जिल्ला टेनिस संघको आयोजनामा शनिबारदेखि एनआइसी एशिया बैंक नेपाल आइटिएफ सिनियर्स वल्र्ड र्याङकिङ जी-४ टेनिस च्याम्पियनसीप हुने भएको छ।
पोखरा रंगशालाको टेनिस कोर्टमा ४ देखि ९ असोजसम्म विभिन्न ३ इभेन्ट्समा प्रतिष्पर्धा हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा टेक्निकल डाइरेक्टर अजय बिष्टले जानकारी दिए ।
टेनिसका खेलाडी कमल थापासहित ३५ वर्ष उमेर समूहका १०, ४५ वर्ष उमेर समूहका २२ र ५५ वर्ष उमेर समूहका २० गरी ५२ जना खेलाडी सहभागी हुने उनले बताए । जसमा भारतका ५ जना खेलाडी छन्।
संघ सल्लाहकार सूर्यबहादुर भुजेलले पोखरामा सिनियरस्तरको टेनिस प्रतियोगिता गर्नुपर्नेमा जोड दिए । प्रतियोगिताका लागि १३ लाख खर्च लाग्ने अर्थ समिति संयोजक नीरज बास्तोलाले जानकारी दिए।
टेक्निकल डाइरेक्टर बिष्टले पोखरामा सिनियरस्तरको महिला तथा पुरुष प्रतियोगिता गर्दा १५/१५ हजार अमेरिकन डलर पुरस्कार राशीमै खर्च हुने बताए।
संघ अध्यक्ष दोर्जे लामाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको संचालन सचिव नवीन चालिसेले गरेका थिए। प्रतियोगिता सफल पार्न प्रीति बरालको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
