एनआरएनए युरोपको संयोजकमा गङ्गाधर गौतमले उम्मेदवारी दिने

योगेन्द्रमिलन छन्त्याल

लिस्बन । गैह्र आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) युरोप क्षेत्रको संयोजक पदमा बेल्जियमका गङ्गाधर गौतमले उम्मेदवारी दिने भएका छन् । राष्ट्रिय समन्वय परिषद बेल्जियमका पूर्व अध्यक्ष गौतमले आफ्नो अनुभव र युरोपका गैह्र आवासीय नेपालीहरु, अग्रज, पदाधिकारी तथा विभिन्न संघसंस्थासँगको परामर्शपछि आफूले उम्मेदवारी दिने निचोडमा पुगेको बताएका छन्।

Advertisement

एनआरएनएका धेरैजसो कार्यक्रममा सहभागी हुने र तथ्यपरक सल्लाह सुझाव राख्ने गौतमले सहयोग र समर्थनका लागि एनआरएनकर्मीहरुलाई अनुरोध गरेका छन् । युरोप क्षेत्रका नेपालीहरुले सबैजसो एनआरएनकर्मीहरुसँग चिरपरिचित गौतम प्रतिष्पर्धामै उत्रिए पनि धेरैको समर्थन पाउने बताउँछन् ।

उनले संघको संयोजक बनेर युरोप क्षेत्रमा रहेका नेपाली समुदायका लागि आपतकालिन राहत कोष स्थापना गर्ने, निष्कृय राष्ट्रिय समितिहरुलाई सक्रिय बनाउने, नेपालमा सामूहिक लगानी कोष, नागरिकताको निरन्तरता, संस्थागत विकास लगायतका विषयमा नेपालको लोकतान्त्रिक आन्दोलनमा सहपाठी दलहरु र सरकारसँग समन्वय गरी मागहरुलाई पूरा गर्न युरोप क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गर्न पहल गर्ने बताएका छन्।

साथै क्षेत्रीय बैठकहरुलाई व्यवस्थित र आर्थिक रुपमा पारदर्शी बनाउने, संघलाई सबै विचार, जात र वर्गको समावेशी बनाउने, संघलाई हुने खानेको मात्र नभएर सर्वसाधारणको समेत पहुँच पुग्ने गरी नयाँ नीति तर्जुमा गरी संस्थागत विकासमा जोड दिने, नेपाली समुदायमा हुर्किदो दोस्रो पुस्ता तथा युवाहरुको लागि नेपाली भाषा तथा संस्कृति सिकाउने उद्देश्यले हरेक राष्ट्रिय समितिमा विशेष कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता जाहेर गरेका छन्।

एनआरएनए बेल्जियममा निरन्तर सल्लाहकार वा संरक्षक रहेका गौतम नेपाली काँग्रेसनिकट जनसम्पर्क समितिको युरोप स्तरकै निर्णायक मानिन्छन्।उनी नेपाल छँदा १९९७ मा महेन्द्र बहुमुखी क्याम्पस बागलुङको स्ववियु सभापति र सन् १९९९ मा नेवि संघ बागलुङका सभापति बनेका थिए।

More News last news
Loading...