स्याङ्जाको वालिङ झलुङ्गेमा गरिमा बैंकको ८३औं शाखा बिस्तार

कुमार बाबु हिताँगा/ स्याङ्जा । गरिमा विकास बैंक लिमिटेडले स्याङ्जाको वालिङ १३ झलुङ्गेमा ८३औं शाखा बिस्तार गरेको छ ।

शाखा उद्घाटन गर्दै नगर प्रमुख खाँंणले आर्थिक क्षेत्रलाई चलायमान बनाउनका लागि बैंक तथा वित्तीय संस्थाहरु विस्तार आवश्यक रहेको बताए । समृद्दि र सहजताको एउटा आधार बैंकिङ क्षेत्र भएको बताउदै बैंकिङ क्षेत्रको विस्तारले यस क्षेत्रलाई व्यवसायिकतामा प्रोत्साहन समेत गर्ने उनको भनाइ थियो । नगर प्रमुख खाँणले भने, “बैंक तथा वित्तीय संस्थाहरुको संख्या तथा कारोबार बढेसँगै यस क्षेत्रको आर्थिक गतिविधि चलायमान भएर जाने छ ।”

Advertisement

नगर प्रमुख खाँंणले यस क्षेत्रमा कृषि तथा पशुपालनमा रुचि राख्ने कृषक तथा पशुपाल्न ईच्छुकहरुलाई सहुलियत दरमा कर्जा प्रवाह गरी ब्यवसायिक अभिबृद्धका लागि सहयोग गर्न पनि बैंक तथा वित्तीय संस्थाहरुलाई सुझाव दिए । कार्यक्रममा वडा नं.१३ का वडा अध्यक्ष आनन्द पाठक,वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल लगायतले यहाँका स्थानीयलाई आर्थिक कारोबारका लागि अन्यत्र जानुपर्ने अवस्था हटेर गएको धन्यवाद ज्ञापन गरे । यस वर्षको दशैँ अगाडि बैंकले विभिन्न स्थानमा ७ शाखा विस्तार गर्दै ९० पुर्याउने र चालू आर्थिक वर्षमा १०६ वटा शाखा पुर्याउने लक्ष्य रहेका बैंकका कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले जानकारी दिए ।

यो सँगै बैंकको शाखा संख्या ८३ पुगेको छ भने वालिङमा मात्रै २ र स्याङ्जामा ७ शाखाहरु सञ्चालनमा रहेका छन् । २०६४ साल कार्तिक १ गते वालिङबाट बैंकले आफ्नो औपचारिक कारोबार शुरु गरेको थियो । अहिले बैंकको केन्द्रीय कार्यालय काठमाडौँको लाजिम्पाटमा रहेको छ । बैंकले ३२ जिल्लामा शाखा सञ्चालन गरेको छ ।

बैंकका अध्यक्ष चन्द्रकान्त बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकाल,सञ्चालन कम्पनी सचिव मावधप्रसाद आचार्य र धन्यवाद सञ्चालक श्यामप्रसाद बस्यालले दिएका थिए।

बैकद्धारा खानेपानी फिल्टर सहयोग

यसैबीच, वालिङमा स्थापना गरेको गरिमा विकास बैंक लिमिटेडले वालिङ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई फिल्टर सहयोग गरेको छ । गरिमा विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत पाँच लाख आर्थिक सहयोग गरेको र सोही रकमले खानेपानी फिल्टर खरिद गरी उद्घाटन गरिएको हो ।

वालिङ १० फूलबारीमा रहेको खानेपानी ट्याङ्कीमा हालै जडान गरिएको फिल्टरको उद्घाटन गर्दैै नगर प्रमुख बैंकले पानी शुद्धीकरणका लागि फिल्टर सहयोग गरी वालिङबासी उपभोक्ताहरुलाई स्वच्छ र सफा पानी उपभोग गर्ने कार्यका लागि महत्वपूर्ण भूमिका खेलेको बताए । कार्यक्रममा बैंकका अध्यक्ष बराल, बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकाल लगायतले गरिमा विकास वैक यहि समाजको भएको र यहि समाजमा सामाजिक उत्तरदायित्वको भूमिका खेल्ने प्रयास गरेको बताए ।

वालिङ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष विद्या श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत कोषाध्यक्ष चोपनारायण श्रेष्ठ, सञ्चालन सचिव खगेन्द्रप्रसाद अर्याल र धन्यवाद पूर्व मेयर तथा मदीखोला खानेपानी योजनाका संस्थापक अध्यक्ष लालचन्द्र गैह्रेले गरेका थिए।

More News last news
Loading...