त्रिभुवन विमानस्थलबाटै एक जना अपहरण, चारजना पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निस्कदा एलेन गुरुङ अपहरणमा परेका छन्। कास्की जिल्ला घर भएका एलेन गुरुङ एयरपोर्ट बाहिरिने क्रममा अपहरणमा परेका हुन्।

उनलाई सिन्धुपाल्चोकका दिनेश लामासहित चारजनाको समूहले अपहरण गरेको हो। अपहरण परेको सूचना पाएसँगै गुरुङ र चारजना अपहरणकारीलाई प्रहरीले नियन्त्रणमा लिएको काठमाडौं परिसरका डीएसपी एवं प्रवक्ता होविन्द्र बोगटीले बताए।

Advertisement

कालीमाटी वृतका प्रमुख एवं डीएसपी रुगम कुवँरको खटिएको टोलीले अपहरणकारीलाई सोल्टीमोड मार्गनजिकै रहेको हङग्री एण्ड फुडअन्तरा क्याफेबाट पक्राउ गरेको हो।

More News last news
Loading...