पोखरा । माछापुच्छ्रे बैंक र बिजी अस्पताल एण्ड रिसर्च सेन्टरबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा माछापुच्छ्रे बैंकतर्फबाट पोखरास्थित रामबजार शाखाका प्रमुख वीरेन्द्र केसी तथा बिजी अस्पतालतर्फबाट निर्देशक निर्मल लामिछानेले हस्ताक्षर गरे ।
सम्झौताअनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकले बिजी अस्पतालले प्रदान गर्ने सेवामा १० प्रतिशतसम्म छुट पाउनेछन् ।
अस्पतालले उपचार गराउन आउने बैंकका ग्राहकलाई प्याथोलोजी, अल्ट्रासाउन्ड, जेनरल हेल्थ चेकअप, सिटी स्क्यान एक्सरे, म्यामोग्राफि, ईसीजी, इको, इन्डोस्कोपी, बेड चार्ज लगायतका सेवामा १० प्रतिशत छुट दिने भएको छ ।
बैकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना १ सय ३६ वटा शाखा, १ सय २१ शाखारहित बैकिङ्ग सेवा समेत गरी कुल २ सय ५७ स्थानबाट बैकिङ सुविधा प्रदान गर्दैआएको छ । बैकको देशभर १ सय ५९ वटा एटीएम काउन्टर सञ्चालन गरेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
