पोखरा । डेभिजफल बचत तथा ऋण सहकारी संस्था लि. पोखरा-१७ को आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले कार्यक्रम उद्घाटन गर्दै सहकारीले समाज र राष्ट्रलाई पु¥याएको योगदान सबै क्षेत्रबाट उचित कदर हुनुपर्ने बताइन्। उनले सहकारीले बचत तथा ऋणको मात्र नभई सदस्यलाई सीप र ज्ञानको माध्यमबाट उद्यमशील बनाउन समेत लागिपर्न सुझाव दिइन्।
सांसद कृष्णबहादुर थापाले सहकारी राष्ट्रको अर्थतन्त्रको एक आधार स्तम्भ भएको बताए। नेफ्स्कून संचालक एवं गण्डकी प्रदेश संयोजक भीम गुरुङ्गले सहकारी ऐन २०७४ अनुसार सहकारी संस्थाहरुले आफ्नो विनियम र नीति तर्जुमा गरी अगाडि बढ्नुपर्ने बताए।
पोखरा १७ का वडा अध्यक्ष तीर्थराज अधिकारीले सहकारीको मर्म भावना र सिद्धान्तअनुरुप संचालन हुने सहकारी अब्बल हुने बताए। कार्यक्रममा इन्देणी सहकारीका अध्यक्ष सागर अधिकारी, सल्लाहकार देवीबहादुर थापाले मन्तब्य राखेका थिए।
संस्थाले कारोबारतर्फ क्रमशः लोकबहादुर थापा मगर, सर साङ्मो थकाली, तिलबहादुर शाही, हरिप्रसाद लम्साल, इन्दिरा (पण्डित) पौडेल, तारादेवी पहारी, ईश्वराकुमारी घर्ती भुजेल, भुवानीप्रसाद पहारी, बाल बचत तथा यू–१६ तर्फ मानस क्षेत्री, मानसी क्षेत्री, विराज खत्री, सुरज गुरुङ्ग, सायुजराज लामिछाने, सुदीप बराल, विपेन्द्रराज रेग्मी उत्कृष्ट कर्मचारी उर्मिला पौडेल र ज्येष्ठ सदस्य देव बहादुर थापालाई सम्मान गरेको थियो।
यस्तै, संस्थाका प्रबन्धक यज्ञप्रसाद भण्डारीले संस्थाको कार्यपत्र प्रस्तुत गरेका थिए। संथाका अध्यक्ष राजन अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष भीष्मजी कार्कीले स्वागत, शिक्षा उपसमिति संयोजक शर्मिला भण्डारीले सहकारीका सात सिद्धान्त वाचन गरेका थिए। कार्यक्रम संचालन सचिव राजेन्द्रबहादुर थापाले गरेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
