पोखरा । पोखरामा २५ जुवाडे समातिएका छन्। दुई ठाउँबाट प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो। प्रहरीले जुवाडेसहित नगद २ लाख ७३ हजार ४३ रुपयाँ समेत जफत गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले जुवा–तास खेलिरहेको गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जनाएको छ।
पोखरा महानगरपालिका ३२ गगनगौंडास्थित जंगबहादुर पुन र वडा नम्बर ९ प्रगतीमार्गस्थित चन्द्रबहादुर गुरुङको घरबाट उनीहरुलाई नियन्त्रण लिइएको प्रहरीले जनाएको छ।
गगनगौंडाबाट घरधनी पुनसहित १९ जना समातिएका थिए भने प्रगतीमार्गबाट गुरुङ सहित ६ जना समातिएका थिए।
गगनगौंडास्थित पुनको घरका जुवाडेबाट १ लाख ६ हजार ७ सय ४८ र प्रगतीमार्गस्थित गुरुङको घरका जुवाडेबाट १ लाख ६६ हजार २ सय ९५ जफत गरेको थियो। पक्राउ परेका जुवाडेलाई जुवा मुद्दामा म्याद थप गरि अनुसन्धानअघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
