स्याङ्जा । हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरका अनुसार बिहान अन्दाजी ४ बजेको समयमा अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी ३० वर्षीय चित्रबहादुर खड्का र चार वर्षीय रिजन खड्काको हत्या गरेको हो ।
बाबु र छोराको कम्मरभन्दा माथिको भागमा झण्डै आठरदश ठाउँमा धारिलो हतियारको चोट रहेको गाउँपालिकाका अध्यक्ष मानन्धरले बताए।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट प्रहरी उपरीक्षक राजकुमार लम्साल, प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारी तथा पोखराबाट कुकुरसहित आएको प्रहरी टोलीले घटनास्थलको अनुगमन गरेर फर्किएको गाउँपालिकाका अध्यक्ष मानन्धरले बताए । उक्त स्थानमा दुई घर मात्रै रहेको छ । हत्या कसले र किन गर्यो भन्ने खुल्न सकेको छैन।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
