स्याङ्जाको हरिनास गापामा बाबु र छोराको हत्या

स्याङ्जा । स्याङ्जाको हरिनास गाउपालिका वडा नं ३ स्थित ललहीको मिनडाडामा  एकै परिवारका दुई सदस्यको हत्या भएको छ।

आज बिहान करिब ४ बजेतीर अपरिचित व्यक्ति घरमा प्रवेश गरी धारिलो हतियार प्रहार गरी दुई जनाको हत्या गरी भागेको स्थानीयबासीले बताएका छन् ।

Advertisement

धारीलो हतियार प्रहारबाट करिब २९ बर्षीय बाबु चित्र बहादुर खड्का र ४ बर्षका छोरा रिजन खड्काको मृत्यु भएको छ ।

हत्या के कारणले, कसले गर्यो भन्ने अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट एसपी राजकुमार लम्साल र डिएसपी नविन कृष्ण भण्डारीको टोली हरिनास पुगिसकेको छ ।

More News last news
Loading...