विजय उत्सव
पोखरा । तीज अवसर छोपेर यतिखेर बजारमा दर्जनौं गीत बजारमा आएका छन् । तीमध्ये अधिकांशमा सस्तो लोकप्रियताको लागि अनेक हत्कण्डा अपनाइएको पाइन्छ । परम्परागत धर्म, संस्कृति र रीतिरिवाज समेत बिर्सिएको छ । तर कल्पना नेपाल आचार्यले गाएका गीतमा भने त्यसको ठिकविपरीत समृद्धि, देशभक्ति र सन्देशमूलक विषय बोलिएको छ ।
चेली : जनता सामु प्रतीज्ञा गर
नेताज्यू अब भूल नगर ।
नेता : झुठो खेलमा अब म पर्दिनँ
चेली हो कुकर्म गर्दिनँ ।
आफ्नै रचनामा कल्पनाले गाएको ‘चेली–नेता संवाद’ गीतमा मुलुकको समृद्धि कसरी गर्न सकिन्छ भन्नेबारे पनि चेलीहरु उत्तिकै सचेत देखिन्छन् ।
तीज गीतमार्फत् नेतालाई देश विकासमा जुट्न सुझाएका छन् । उनीहरुले अब मुलुकको समग्र विकासका लागि भुल नगर्न सुझाव दिँदै समृद्धिको सपना बुनेका छन् । र, गीतमार्फत् नै नेताले पनि अब झुठो खेलमा नपर्ने, कुकर्म नगर्ने, तराईको उत्पादन हिमालमा पु¥याउने, खानी उत्खनन् गर्ने र मुलुकलाई रामराज्य बनाउने चेलीसमक्ष वाचा गरेका छन् । उनको आफ्नै युटुव च्यानल ‘कल्पनाका छालहरु’मार्फत यी र यस्तै दर्जनौ गीतसंगीत पस्की सकेकी छन् ।
यस्तै, उनले गत वर्ष नै तीज छेकोमा ‘के आए जमाना साहिँली’ बजारमा ल्याइन् । राष्ट्रिय समस्यालाई टपक्क टिपेर गाउन रुचाउने उनले गाएको गीत यस्तो थियो–
‘के आए जमाना हेर त साहिँली
भो कुरा नगरौं छोडी देऊ माहिली ।’
नेपालमै प्रशस्त अवसर रहेको र विदेशको अब भर नपरौं भनी सन्देश गीतको छ। यस्तै सन्देशमूलक तीज गीतमात्र कहाँ हो र उनले थुप्रै छन्दोबद्ध कविता गाएकी छन् । ती सबै उनको युटुवमा हेर्न सकिन्छ। जति पनि गीत तथा कविता दर्शक तथा श्रोतामाझ ल्याइन्, ती सबै कल्पनाको रचना हो । विगतमा ‘कल्पनाका छालहरु’ भजनसंग्रह बजारमा ल्याएकी उनले राम नाम जपेर, कृष्ण भजन, लक्ष्मी भजन, बुद्ध भजन, पाञ्चायन देवको गरौं आरती भजन स्वयं गाएकी छन् भने झण्डै २ दर्जन जति अरुले गाएका छन्।
‘ईच्छा’ कवितासंग्रह पाठकमाझ आइसकेको छ । यस्तै, उनले आधुनिक गीत बजारमा आउने तयारीमा रहेको बताइन्। पाल्पाकी उनी हाल काठमाडौं बसोबास गर्छिन् । मानव अधिकार अधिकृत समेत रहेकी कल्पना नेपाल आचार्य भन्छिन्, ‘तीज मौलिक पर्व हो । यसको मर्म र संस्कृतिलाई ध्यानमा राखेर अबका युवा अघि बढ्नुपर्छ । विदेशीभन्दा स्वदेशमै केही गर्नुपर्छ। यही नै सुन फल्छ ।’
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
