भदौ १३ र १४ गते पोखरामा कराँते टुर्नामेन्ट हुने

काठमाडौं । नेपालक्योकुशिन–कान कराँते संघले यहीभदौ १३ र १४ गते पोखरा रंगशालाको कभर्ड हलमा ‘फस्ट अल नेपालओपेन फूल कन्ट्याक्ट कराँते टुर्नामेन्ट–२०१९’ गर्ने भएको छ । संघले उक्तप्रतियोगिता सञ्चालनगर्न पाउनु आफ्नो लागिखुशी र गौरवको कुरा भएको बताएको छ ।

बुधबार काठमाडौंमापत्रकार सम्मेलनको आयोजना गरेर संघले उक्तप्रतियोगिताको बारेमाजानकारी गराएको हो । संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘हाम्रो संघको आयोजनामाविभिन्न १७ वटा फुल कन्ट्याक्ट कराँते संघहरु तथा नेपालआर्मी, नेपालप्रहरी र सशस्त्रप्रहरी गरि तीन वटै विभागीय टिमसहित कुल १० टिमले सहभागिताजनाउने यस प्रतियोगितामामहिला र पुरुषगरि जम्मा १४ तौल समूहमाविभाजनगरिएको छ।’

Advertisement

संघका महासचिवतथाब्रान्चचिफ राजेन्द्र सुवेदीकाअनुसार हरेक टिमले एउटा तौल समूहमा एक जनामात्रै खेलाडी प्रतिष्पर्धामा सहभागी गराउनेछन् भने कुल २७६ जनाप्रतिष्पर्धी खेलाडीहरुले भागलिनेछन् । त्यसैगरी, विभिन्न २६ संघका ३६ रेफ्रीले आफ्नो निर्णायकभूमिकानिर्वाह गर्नेपनिउनले जानकारी दिए।

संघका अनुसार उक्तप्रतियोगिता नेपाली कराँते जगतकै सबैभन्दा ठूलो प्रतियोगिताहुनेछ । विभिन्नफुल कन्ट्याक्ट संघहरु र विभागीय टिमलाई एकै ठाउँमा ल्याएर प्रतियोगिता सञ्चालनगर्नु आफैंमाचूनौतिको विषयभएपनि सबै १७ संघका नेपालप्रमुखहरुबीच सम्झौताभई यस्तो महानप्रतियोगिताआयोजनागरिनु नेपाली खेलकुद क्षेत्रको लागि नै सद्भाव र सहकार्यको उत्कृष्ट उदाहरणहुनेपनि संघको विश्वास छ ।

विज्ञप्तीमा थपभनिएको छ,‘यस प्रतियोगिताले नेपालको राष्ट्रिय खेलाडी उत्पादनगर्ने अभियानमाथपउर्जा मिल्ने कुरामाहामीविश्वस्त छौं । आगामीवर्षहरुमापनि यसैगरि फुल कन्ट्याक्ट प्रतियोगिता सञ्चालनहुने कुरामाकुनै दुई मत छैन भन्ने कुरा हामीनिर्धक्कको साथभन्न सक्छौं । किनकी यो मलेमिलापगहिरो अध्ययन पछि निस्किएको निचोड हो ।’

More News last news
Loading...