पोखरामा न्यू लाइफ आयुर्वेदको शिविरमा ५ सय ३० जनाको निःशुल्क स्वास्थ्य जाँच

रिजन नेपाल
पोखरा । न्यू लाइफ आयुर्वेद प्रालि संचालन अवसरमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ५ सय ३० जनाको स्वास्थ्य जाँच भएको छ।

शिविरमा निःशुल्क स्वास्थ्य जाँच र निःशुल्क औषधी समेत पाइनुका साथै ल्याब टेष्टमा ३० प्रतिशतसम्म छुट व्यवस्थाले बिरामीको आकर्षण बढेको अस्पताल संचालक विक्रम खड्काले बताए।

Advertisement

उनका अनुसार शिविरमा विशेषगरी हाडजोर्नी तथा पायल्सका बिरामी बढी आएका थिए । यस्तै ग्याष्ट्रिक, छाला, स्त्री रोग, मधुमेह, थाइराइड, दम, उच्च रक्तचाप भएका बिरामीको समेत निःशुल्क स्वास्थ्य जाँच गरिनुका साथै निःशुल्क औषधि वितरण गरियो।

शिविरमा आयुर्वेद डा. चन्द्रा कार्की, डा. लोकेन्द्रकुमार भगत, डा. दीपेन देवकोटा, डा. सुजाता शर्मा, कविराज शारदा केसी लगायतले स्वास्थ्य जाँच गरेका थिए। यस्तै, वैद्य, स्काउटर लगायतले सहयोग गरेका थिए । बिरामीको चाँप बढेपछि आइतवारसमेत समय थप गरिएको संचालक खड्काले बताए।

काठमाडौं गँगबुमा प्रधानकार्यालय रहेको अस्पतालले पोखराको पृथ्वीचोकमा गत भदौ ५ देखि शाखा संचालनमा ल्याएको हो। शाखाको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले उद्घाटन गरेका थिए। प्रालिले जावलखेलमा समेत शाखा विस्तार गरेको छ।

पोखरा शाखामा मुख्यतः छारसूत्र, शिरोधारा, पञ्चकर्म, मसाज, स्टिम बाथ लगायत उपचार पद्दतिबाट उपचार गरिन्छ । यस्तै, औषधि कम खाने र आयुर्वेदिक उपचार बढी अपनाउने नीति अस्पतालले लिएको छ।

More News last news
Loading...