पक्राउ परेका पत्रकार गिरीलाई अदालतले दियो सफाइ

पोखरा । समाचार लेखेकै कारण साइबर क्राइमको मुद्दा खेपेका पोखराका पत्रकार अर्जुन गिरीलाई काठमाडौं जिल्ला अदालतले आइतवार सफाइ दिएको छ। उनलाई अदालतका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले सफाइ दिएको हो ।

जग्गा कारोबारको विषयलाई लिएर २ जनाले जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएपछि गिरीले लेखेको समाचार आधारमा व्यवसायी विपेन्द्रराज बतासले साइबर क्राइमको मुद्दा दायर गरेका थिए । गिरीलाई गत २ वैशाखमा कस्की प्रहरीले पक्राउ गरेर काठमाडौँ पठाएकोमा उनी साधारण तारेखमा छुटेका थिए।

Advertisement

गिरीको पक्षमा वरिष्ठ अधिवक्ता बोर्ण कार्की र अधिवक्ता भक्तिराम घिमिरेले बहस गरेका थिए। यस अघि अधिवक्ता स्वागत नेपालले पैरवी गरेका थिए। पत्रकार गिरी पक्राउको विरोधमा देशभरका पत्रकार आन्दोलित बनेका थिए।

ताण्डव न्युज साप्ताहिक र ताण्डव न्युज डट कमका सम्पादक रहेका गिरीले आफ्नो जस्तो अवस्था कुनै पत्रकारले भोग्नु नपरोस् भन्दै ढिलै भए पनि सत्यको जित भएको उल्लेख गरे ।

More News last news
Loading...