पोखर । पछिल्लो समय पोखरामा डेगुँको संक्रमण बढेको अत्यधिक बढ्न थालेको छ । हालसम्म पोखरामा २ सय ६ जना डेँगुका बिरामी फेला परेका छन् ।
यति बेला डेङ्गुको अनुकुल वातावरण भएकाले गर्दा पनि आफुहरुको विभिन्न प्रयास हुँदा हुँदै आफ्नो नियन्त्रण बाहिर पोखरामा डेंगु संक्रमण फैलिदै गएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका सिनियर मेडिकल अफिसर डा. भोजराज गौतमले बताए।
उनले भने “हामीले मात्र सचेतना जगाएर केही दिन केही व्यक्तिको घर आगनमा गएर लामखुट्टेको बास स्थान तथा लार्भानष्ट पारेर हुदैन अब यसलाई पूर्ण रुपमा नियन्ण गर्न हरेक घर घरबाट आफ्नो घर आगन वरिपरि पानी जम्न नदिने र लामखुट्टेको लार्भालाई नष्ट पार्नु पर्छ।”
अब राजनीतिक दलहरुले आफ्ना नजिकका विभिन्न संघ संगठनलाई समेत डेङ्गु नियन्त्रणमा लगाउनु पर्ने अन्यथा हामी सबै डेङ्गुको उच्च जोखिमा रहने भएको डा. गौतमले बताए ।
पोखरा महानगरपालिका वडा नम्बर ८ र ९ मा बढी डेंगु संक्रमण फैलिएकोमा अझै पनि यसललाई नियन्त्रण गर्न नसकिएको डा. गौतमले बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
