नानी शुक स्मृति शिक्षा पुरस्कार पर्वतका आचार्यलाई

रिजन नेपाल

पोखरा । नानी शुक स्मृति प्रतिष्ठान पोखराले यस वर्षको नानी शुक स्मृति शिक्षा पुरस्कार पर्वतका समाजसेवी लोकनाथ आचार्यलाई प्रदान गर्ने भएको छ।

Advertisement

पुरस्कारको राशि २५ हजार ५ सय २५ सहित ताम्रपत्र र दोसल्ला रहेको छ। आगामी असोज १ गते प्रतिष्ठानको १५ औं वार्षिकोत्सव तथा सम्मान समारोहमा गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरको प्रमुख आतिथ्यमा सो पुरस्कार प्रदान गरिने छ।

गण्डकी र धौलागिरिलाई कार्यक्षेत्र बनाएर लामो समयदेखि शिक्षा र समाजसेवाका क्षेत्रमा उल्लेख्य योगदान पु-याएका समाजसेवी तथा शिक्षासेवीलाई हरेक २ वर्षमा सो पुरस्कार प्रदान गरिँदैआएको प्रतिष्ठान अध्यक्ष तारानाथ गौतम पाखेले जनाए।

पुरस्कार छनोट समिति संयोजक एवं प्रतिष्ठान उपाध्यक्ष हेरम्बप्रसाद कोइराला, सचिव हेमराज बराल, सदस्य नरबहादुर पन्नाचन र संरक्षक वीरेन्द्र हिराचन रहेको ४ सदस्यीय समितिले आचार्यलाई पुरस्कृत गर्ने निर्णय गरेको हो।

कुष्मा–७ निवासी ८० वर्षीय आचार्यले शिक्षा र सामाजिक क्षेत्रमा ५० वर्षदेखि उल्लेख्य योगदान दिँदैआएका छन् । शिवालयको पूर्व उपप्रधानपञ्च उनी कुष्मामा अनिवार्य निःशुल्क शिक्षाको स्थापना गर्नमा पहल गर्नुका साथै कुष्मामा विद्यालय तथा क्याम्पस स्थापनामा विशेष पहल गरेका थिए।

शुकबहादुर हिराचन र नानीमाया हिराचनको स्मृतिमा उनका परिवारद्धारा ९ लाख रुपैयाँ अक्षयकोष स्थापना गरिसकिएको र सो अक्षयकोष व्याजबाट पुरस्कार प्रदान गरिँदैआएको प्रतिष्ठान संरक्षक वीरेन्द्रकुमार हिराचनले जानकारी दिए।

यसअघि सो पुरस्कारबाट भक्ति हिराचन (मुस्ताङ), अनन्तनाथ पौडेल (कास्की), पद्मराज कोइराला (कास्की), दीव्यरमण अर्याल (तनहुँ), पद्मसिं विश्वकर्मा (बागलुङ), कृष्णप्रसाद पौडेल (अर्घाखाँची), पूर्णभद्र नेउपाने (लमजुङ) पुरस्कृत भैसकेका छन्।

पुरस्कार वितरण समारोह नेपाल पर्यटन बोर्डको सभाहलमा असोज १ गते दिउँसो १ बजे हुने छ।

More News last news
Loading...