रोशन लामिछाने/स्याङ्जा । मालपोत कार्यालय स्याङजालाई नमुना अर्थात सुधारीएको मालपोत बनाउन भौतिक संरचनाहरुको निर्माण कार्य शुरु गरिएको छ । सेवा ग्राहीहरुलाई छिटो छरितो तरिकाले सेवा दिने उद्देश्यले मालपोत कार्यालयका संरचना परिवर्तन गरिने भएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको योजाना अनुरुप मालपोत कार्यालय स्याङजालाई सुधारीएको मालपोत कार्यालय स्याङजा बनाउन लागिएको मालपोत कार्यालय स्याङजाका प्रमुख प्रकाश पौडेलले जानकारी दिए । सुधारीएको मालपोत कार्यालयमा एउटा सहायता कक्ष जहाबाट सेवाग्राहीले काफ्नो काम सम्बन्धित विषयमा जानकारी पाउने छन् ।
जसमा कार्यकक्ष सबैले देख्ने पारदर्शी हुनेछ भने प्रतिक्षालयमा टेलिभिजन र अडियो भिजुअल डिस्प्ले जडान गरिनेछ । सुधारीएको कार्यालयको सम्पूर्ण कारोबार बैंकिङ प्रणलीबाट गरिनुका साथै पूरै पूर्ण रुपमा क्यासले बनाईने कार्यालय प्रमुख पौडेलले बताए ।
पौडेलले कार्यालयमा स्तनपान कक्ष, महिला पुरुषको शौचालय, खानेपानीको व्यस्था र भवन अपाङ्ग मैत्री हुने जानकारी दिए । मालपोत कार्यालय वरीपरी भू–सेवा केन्द्र रहने कार्यालयले जानकारी दिएको छ । भू–सेवा केन्द्र स्थापना पश्चात काम गर्न सहज हुने कार्यालयको ठम्याई रहेको छ ।
भू–सेवा केन्द्र स्थापना भए पछि कार्यालयमा भिड हट्नेछ । सेवा ग्राहीहरुले पाएको झन्झटलाई अन्त्य गर्न सुधारीएको मालपोत कार्यालय स्याङजा बनाउन शुरु गरिएको कार्यालय प्रमुख पौडेलले जानकारी दिए । पौडेलले दशै अगाडी नै सुधारीएको मालपोत कार्यालय बन्ने जानकारी दिदै सुधारीएको मालपोत कार्यालय बनाउन सबैले सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे ।
सुधारीएको कार्यालय बनिसके पछि डिजिटल प्रविधि उपयोग गरी घरबाटै जग्गाको विवरण हेर्ने सक्ने व्यवस्थागर्न लागिएको छ । युजर नेम र पासवर्ड लिएर आफ्नो जग्गाको विवरण घरमै बसेर थाहा पाउन सकिने छ । मालपोत कार्यालय स्याङजामा दैनिक जसो करिब एक सय देखी एक पचास जना सम्म सेवाग्राही आउने गर्दछन् । मालपोत कार्यालय स्याङजाका सेवाग्राहीहरु पुतलीबजार नगरपालिका, आधिखोला, फेदीखोला, हरिनास, विरुवा र अर्जुनचौपारी गाउपालिकाका रहेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
