काठमाडौं । नेपाल दलित विद्यार्थी संघ तनहुँको जिल्ला अध्यक्षमा सुजन सदाशंकर चयन भएका छन् ।
विद्यार्थीहरुमाझ लोकप्रिय संगठन दलित बिद्यार्थी संघको संगठन बिस्तार एवं आगामी महाधिवेशनलाई दृष्टिगत गर्दै संघको विधान २०५४ शंशोधित २०६९ को धारा १८ को (२) बमोजिम र संघको विधानको परिच्छेद ३ को धारा ६(क) लाई समेत मध्यनजर गर्दै जिल्ला कार्यसमिति तनहुँको अध्यक्षको जिम्मेवारी दिईएको हो ।
संघका केन्द्रिय अध्यक्ष बिर बहादुर विश्वकर्माद्धारा हस्ताक्षरित पत्रमा संघको विधि र विधानलाई आत्मसाथ गर्दै संगठन बिस्तार एवं आगामी महाधिवेशनलाई प्रभावकारी बनाउने अभियानमा इमान्दार बन्दै संघको साखलाई उचो बनाउने आशा सहित अध्यक्षको जिम्मेवारी दिईएको उल्लेख छ ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
