जनैपूर्णिमामा यस स्थानीय तहमा सार्वजनिक बिदा

काठमाडौं । हिन्दू नेपालीको आस्थाको पर्व जनैपूर्णिमाको अवसरमा सिन्धुपाल्चोक जिल्लाको एक स्थानीय तहले सार्वजनिक बिदा दिने घोषणा गरेको छ।

जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकाले जनैपूर्णिमाको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो। आईतबार बसेको ६५ औं कार्यपालिकाको बैठकले साउन ३० गते रक्षा बन्धन र जनैपूर्णिमा परेकाले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाइएको छ।

Advertisement

जनैपूर्णिमा पर्वका अवसरमा गाउँपालिकामा रहेका ऐतिहासिक तीर्थस्थलहरू पाचँपोखरी र रैथानेश्वरीमा मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिइएको अध्यक्ष टासी लामाले जानकारी दिएका छन्। गाउँपालिकाले बिदा दिएपनि अन्य स्थानीय तहमा भने बिदा हुने छैन। देशभर सार्वजनिक बिदा हुने गरी अहिलेसम्म कुनै निर्णय भएको छैन।

More News last news
Loading...