काठमाडौँको जोरपाटीमा घट्यो यस्तो डरलाग्दो घटना

काठमाडौं । प्रेम सम्बन्धपछिको विवाहले काठमाडौँको जोरपाटीमा डरलाग्दो रुप लिएको छ। जोरपाटीमा डेरा गरि बस्ने २५ वर्षकी शिला घलेले आफ्नै २४ वर्षीय श्रीमान जालमान स्याङ्तानको चक्कु प्रहार गरी हत्या गरेकी छिन्।

गोकर्णेश्वर नगरपालिका–६ पुरानो शान्त भवन बस्दै आएका स्याङ्तानलाई सामान्य घरायसी विवादको क्रममा शिलाले तरकारी काट्ने चक्कुले छातीमा प्रहार गर्दा ज्यान गएको हो।

Advertisement

घटना घट्ने दिन पनि शिला र जालमानको झगडा भएको र दुई मुक्का जालमानले हानेपछि शिलाले जवाफमा चक्कु प्रहार गरेको छिमेकी बताउँछन्।

चक्कु प्रहारबाट शक्त घाइते भएका जालमानलाई उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो। त्यसपछि श्रीमती शिलालाई प्रहरीले पक्राउ गरि अनुसन्धान अगाडी बढाएको छ।

More News last news
Loading...