९ लाख रुपैयाँ घूस लिँदैगर्दा सडक डिभिजन कार्यालय पोखरा प्रमुखसहित ३ जना पक्राउ

पोखरा । सडक डिभिजन कार्यालय, पोखराका कार्यालय प्रमुखसहित ३ जना ठूलो रकम घूससहित पक्राउ गरेका छन्।

सडक कार्यालय प्रमुख हरिकुमार पोख्रेल र इञ्जिनियर पवित्रमणि आचार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रदेश कार्यालय पोखराले विहीवार ९ लाख रुपैयाँ घूससहित रंगेहात पक्राउ गर्न सफल भएको हो। पोखरेल र आचार्यसँगै निर्माण व्यवसायी ऋषि गौतम पनि पक्राउ परेका छन्।

Advertisement

विहीवार साँझ प्रमुख पोखरेलकै निवासबाट उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ। घूस रकम दिई भागेका गौतमलाई भने प्रहरीले पोखरा ५ मा रहेको उनकै निर्माण कम्पनी जिएमआर निर्माण सेवाबाट नियन्त्रणमा लिएको हो।

स्रोतका अनुसार सडक डिभिजन कार्यालय पोखराअन्तर्गत सडक निर्माणको ठेक्का मिलाइदिने भनी निर्माण व्यवसायी गौतमले सो रकम बुझेका थिए। अख्तियारका क्षेत्रीय प्रमुख काशीराज दाहालले घटनाको पुष्टि गर्दै यसबारे आफ्नो टोलीले अनुसन्धान जारी राखेको बताए।

More News last news
Loading...