सुनसरीको बराह नगरपालिकामा ४४ वटा गाईगोरु मृत भेटिए

सुनसरी । बराह नगरपालिका वडा नम्बर ६ र ९ को कोशी आरक्षण क्षेत्रको मध्यवर्ती घाँसे जंगलमा ४४ ओटा गाईगोरु मृत फेला परेका छन्।

जंगलमा थुप्रै गाई गोरु मरेको भन्ने खबर प्राप्त भएसँगै प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरी टोलीले २८ वटा गाई र १६ वटा गोरु मृत अवस्थामा फेला पारेको जनाएको छ।

Advertisement

इलाका प्रहरी कार्यालय महेन्द्रनगर, जिल्ला प्रहरी कार्यालय सुनसरी र जिल्ला पशु सेवा केन्द्र इनरुवाबाट पशु चिकित्सक सहितको टोली त्यहाँ पुगेको र के कारणले गाईवस्तु मरेका हुन् भन्ने बारेमा अनुसन्धान भैरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ।

More News last news
Loading...