काठमाडौँ । भारतको जयनगर–जनकपुरअन्तर्गत कुर्था खण्डमा चार महिनाभित्र रेल चलाउने गरी काम भइरहेको छ । उक्त स्थानमा गुड्ने दुई सेट रेलको अहिले भारतमा निर्माण हुँदै छन् ।
चाँडो निर्माण सक्नका लागि रेल विभागले ताकेता गरिरहेको छ । रेल गुड्ने ठाउँ तयार भयो । रेल सेट बन्दै छ । रेलको नाम के राख्ने भन्ने पनि चर्चा चल्न थालेको छ।
एउटा रेलको नाम ‘जनकी’ राख्ने कुरा भए पनि अर्को रेलको नाम के राख्ने र सामाजिक सञ्चालनमा यसको चर्चा चल्दै आएको छ । मन्त्रालय र विभागबीच पनि अनौपचारिक रुपमा यसबारे छलफल भइरहेको छ। कान्तिपुर दैनिकमा विमल खतिवडाले लेखेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
