जिल्ला समन्वय समिती अध्यक्षबाट शपथग्रहण गराएकोप्रति नेबिसंघ स्याङ्जाको चेतावनी

स्याङ्जा । स्याङ्जामा कानुन विपरित जिल्ला समन्वय समिती अध्यक्षबाट शपथ ग्रहण गरिएको बिरोधमा नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमितिले तत्काल गल्ती सच्याउन चेतावनी दिएको छ ।

नेबिसंघ स्याङ्जाका सभापति अजित क्षेत्रीले एक प्रेस प्रेस विज्ञप्ती जारी गर्दै कानुनतः सामुदायिक विद्यालयको शिक्षक नियुक्ती सम्बन्मा ४ उपनियम १ बमोजिम जिल्ला शिक्षा अधिकारी ईकाई प्रमुखले अनुसुची १५ बमोजिमको ढाँचामा सपथ गराउने पर्ने प्रावधान रहेपनि स्याङ्जामा भने राजनैतिक रंगदिने गरि कानुन विपरित जिल्ला समन्वय समिती अध्यक्ष सिता सुन्दासले शपथ गराएको भन्दै नसच्चिए कडा आन्दोलनमा जाने चेतावनी नेविसंघले दिएको हो ।

Advertisement

शिक्षा क्षेत्रलाई राजनिति खिचातानी भन्दा माथि राख्नुपर्नेमा यस्ता गतिविधिमा ने.वि.स चुप नलाग्ने र गल्ति स्वीकारेर नसच्चिए आन्दोलनमा जाने सभापति क्षेत्रीले चेतावनी दिए । नयाँ नियुक्ती हुने ३५ जना शिक्षक लाई नियुक्तीपत्र वितरण तथा शपथग्रहण कार्यक्रम शिक्षा विकास तथा समन्वय इकाइ स्याङ्गजाले मंगलबार आयोजना गरेको थियो ।

शिक्षा ऐनलेनै निर्दिष्ट शिक्षा ईकाई प्रमुखले गराउनु पर्ने शपथ जनप्रतिनीधीले गराएको र अनावश्यक रुपमा राजनिती गर्न खोजेको सरोकारवालाहरुको आरोप छ ।

More News last news
Loading...