पिङ्ग खेल्दा खेल्दै डोरी बेरिएर बालिकाको मृत्यु

बुटवल । गुल्मीमा एक वालिकाको पिङ्ग खेल्ने डोरी घाटिमा बेरिएर मृत्यु भएको छ।

जिल्लाको चन्द्रकोट गाउँपालिका–२ भिरखानी निवासी ८ वर्षीया सन्ध्या परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी कार्यालय प्रमुख एसपी दिपककुमार बस्नेतले बताए।

Advertisement

अभिभावकले खेल्नका लागि घरमै बनाइएको पिङ्गको डोरी घाँटीमा बेरिँदा बालिका गम्भीर घाइते भएको र उनको स्थानीय मेडिकलमा उपचारका क्रममा मृत्यु भएको एसपी बस्नेतले बताए।

बालिकाको शवलाई पोष्टमार्टमका लागि शनिवार विहान सदरमुकाम तम्घास ल्याइएको छ। स्मरण रहोस एक वर्षअघि गुल्मीमै मोटरसाइकलमा सवार एक युवती आफैले पहिरिएको सल मोटरसाइकलको चेनले घाँटीमा बेरिँदा ज्यान गएको थियो।

More News last news
Loading...