गोरखामा बाटो खन्दै गरेको एक्साभेटर माथि पहिरो खस्यो, चालक पनि पुरिए

गोरखा । सिरानचोक गाउँपालिका वडा नम्बर १ केराबारीमा चालकसहित एक्स्काभेटरलाई पहिरोले पुरेको छ।

स्थानीय गुप्चेखोला नजिकै बाटो खन्दै गरेको एक्साभेटर र चालकलाई माथिबाट खसेको माटोको ढिस्कोले पुरेको हो।

Advertisement

सिन्धुपाल्चोक मेलम्चीका चालक रमेश तामाङलाई पहिरोले पुरेको प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले बताए। ‘पहिरोमा पुरिएका चालकको हातमात्र देखिएको छ भन्ने खबर आएको छ।

प्रहरी र स्थानीय बासिन्दाले उद्धारको प्रयास गरिरहेका छन्’, अधिकारीले भने ।

More News last news
Loading...