मकवानपुरमा ३ ओटा एनसेल टावरमा आगजनी

मकवानपुर । मकवानपुरको विभिन्न तीन स्थानमा रहेका एनसेल टावरमा आगजनी भएको छ।

बुधबार राति मकवानपुरको थाहा नगरपालिकाको गुफाडाँडा, आग्रको चिसापानी डाँडा र थाहा नगरपालिकाकै शिखरकोटमा रहेको टावरमा आगजनी भएको हो।

Advertisement

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको बन्द सकिएको केही समयमा नै आगजनी भएको प्रहरीले जनाएको छ। एनसेल विरुद्ध देशव्यापी रुपमा सशक्त आन्दोलन गर्दै आएको विप्लव नेतृत्वको नेकपाले आगजनी गरेको हुनसक्ने प्रहरीको भनाइ छ।

टावरमा आगजनी भएपछि एनसेलका प्राविधिकहरु क्षति बारे बुझ्नको लागि घटनास्थलमा पुगेका छन्।

More News last news
Loading...