पर्सा । आफ्नै पत्नीमाथि पतिले छुरा प्रहार गरेका छन्। २१ वर्षीया मनु कुमारी चौधरीलाई छुरा प्रहार गरेको अभियोगमा वीरगंज महानगरपालिका-१० घडीअर्वा बस्ने २३ वर्षीय रोशन कुमार गुप्ता पक्राउ परेका छन्।
उनलाई १४ साउनमा प्रहरीले छुरा प्रहार लगत्तै पक्राउ गरेको हो। तत्काल पक्राउ गरेकाले पत्नीको ज्यान जोगिएको छ। रोशनले पत्नी मनुकमाुरी चौधरीलाई भिस्वाडाँडा पार्कमा घुमाउन लगेको अवस्थामा झाडीभित्र लगि छुरा प्रहार गरी घाइते बनाएका थिए।
प्रहरी चौकी भिस्वाडाँडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घाइते मनु कुमारीको उपचारको लागि नारायणी अस्पताल वीरगंजमा उपचार भइरहेको जनाइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
