टोकियो । गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको महिला उपाध्यक्षमा सविता श्रेष्ठले उम्मेदवारी घोषणा गरेकी छन । एनआरएनए जापानका निवर्तमान संयोजक श्रेष्ठ २०१९-०२१ को कार्यकालका लागि महिला उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेकी हुन।
महिला फोरम जापानको संयोजक रहि सक्रिय भूमिका निर्वाह गर्दै आफ्नो कार्यकाल सम्हालेकी श्रेष्ठ एनआरएनए अभियानमा पनि सक्रिय छन। सधैं समाजको हक र हितमा लागिरहने उनि जापानमा हुँने सेप्टेम्बर ६ तारिखको निर्वाचनमा आफुलाई जिताउन सम्पूर्ण जापानबासी नेपालीलाई अनुरोध गरेकी छन।
यदि आफू विजय भएमा एनआरएनएको एजेण्डामा रहि थप सामाजिक सुधारका कामहरु गर्ने साथै आफ्नो सम्पूर्ण दक्षता र क्षमाता जापानबासीहरुको लागि समर्पित गर्ने प्रतिबद्धता गरेकी छन।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
