काठमाडौँ । गण्डकी प्रदेश सरकारले प्रदेशसभा सदस्यलाई सुनको लोगो वितरण गरेको छ।
चीनको संघाई प्रान्तमा बनाइएको लोगो यसअघिको भन्दा ३३ गुणा महँगो छ । यसको मूल्य प्रतिगोटा ६ हजार ५ सय रुपैयाँ छ। यसअघिको प्रतिगोटा लागोको मूल्य १ सय ९५ रुपैयाँ थियो। पहिलाको लोगोमा प्लास्टिक प्रयोग गरिएको थियो।
बाहिरी भागमा सुनको जलप लगाइएको लोगोमा धातुको रुपमा चाँदी प्रयोग गरिएको छ ।
गुणस्तरीय र आकर्षक लोगो बनाउन कार्यव्यवस्था परामर्श समितिले निर्णय गरेपछि सुनजडित लोगो बनाएर सांसदहरुलाई वितरण गरिएको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
