पर्वत । नेपपाली कांग्रेस पर्वतका सचिव युक्तप्रसाद श्रेष्ठको काठमाडौँको एक सपिङ सेन्टरबाट खसेर ज्यान गएको छ।
सामाखुसीस्थित साततले किनमेल केन्द्र हिमालय सिटी सेन्टरको छतबाट खसेर पूर्वखरिदार समेत रहेका कांग्रेस नेताको ज्यान गएको हो । उनी लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रीक्ट ३२५ बी १ नेपालका पुर्व डिस्ट्रिक्ट गभर्नर समेत हुन् ।
श्रेष्ठले आत्महत्या गरेका हुन् या खसेरै ज्यान गएको हो भन्नेबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। हाल श्रेष्ठको शव पोस्मार्टमका लागि शिक्षण अस्पतालमा राखिएको छ ।
नेपाली कांग्रेस पर्वतका सचिवसमेत रहेका ५४ वर्षीय श्रेष्ठ सिटी सेन्टरको साततले छतबाट खसेपछि उपचारका लागि पिपुल्स अस्पताल नयाँ बजार पुर्याउनासाथ अस्पतालले मृत घोषणा गरेको थियो ।
बाहिर मिडियामा बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा नाम मुछिएका पूर्वनायब सुब्बा श्रेष्ठले हामफालेर आत्महत्या गरेको भन्ने खबर आएपनि पोस्मार्टम रिर्पोट नआउँदासम्म यसको पुष्टी हुने आधार भने छैन ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
