पोखरा । पोखरामा खोल्सामा खसेका एक किशोरको ४ दिन पछी सकुशल उद्दार गरिएको छ। पोखरा -१७ डेबिटफल्स र फुस्रेखोलाको दोभान खोल्सामा खसेका छोरेपाटनका १६ बर्षीय अन्जन सुनारको सकुशल उद्दार गरिएको प्रहरीले जनाएको छ।
चार दिन अगाडि खोलामा माछा मार्न जाँदा अचानक खोल्सामा खसेका सुनारको सकुशल उद्दार गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।
गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र बिष्टको कमाण्डमा खटिएको रेस्क्यु टोलिले सुनारलाई उद्दार गरी उपचारको लागी गण्डकी अस्पताल पोखरामा पठाएको प्रहरीले जनाएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
