पोखरा समाचारदाता
पोखरा । पोखरा–१६, गोस्तेको शिवालय ठाँटी समाजघरमा बस्ने ५० वर्षीय सुकराम परियारलाई उनकी पत्नी सीता परियारले धारिलो हतियार दाउले प्रहार गरी हत्या गरेकी छन्।
आपसमा झगडा हुँदा पत्नीले धारिलो हतियार दाउले पतिमाथि प्रहार गरेकी थिइन्। जसबाट गम्भीर घाइते सुकरामलाई पोखरा–१६, मातृशिशु अस्पतालमा उपचारपछि घर लगिएकोमा विहीवार विहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जानकारी दिएको छ। कास्की प्रहरीले हत्यामा संलग्न रहेको अभियोगमा विहीवार सीतालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
