दमक । झापाको दमक नगरपालिकामा दुई युवा समूहबीच झडप (ग्याङ फाइट) भएको छ।
झडपमा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। मृत्यु हुनेमा दमक–२ का विक्रम लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।
घाइते हुनेमा दमक–३ का सरोज भुजेल र दमक–२ का सुजन भुजेल रहेको प्रहरीले जनाएको छ। घाइतेहरुको उपचार बी एण्ड सी अस्पतालमा भइरहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
