स्याङ्जा । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको ४१ औं स्मृति दिवसको अवसरमा पुष्पमदन स्पोर्ट फाउन्डेसन बिरुवा गाउपालिका ८ स्याङ्जाले बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
पुष्प मदन स्पोर्ट फाउन्डेसनको चौथो वाषिर्कोत्सव तथा पुष्पलालको स्मृति दिवसको अवसर पारेर बिरुवा गाउपालिका वडा नं ८ को पुष्प मदन रंगशाला र स्वास्थ्य चौकी परिसरमा बृक्षारोपण गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश आन्तरिक भ्रमण वर्ष आयोजक समितिका सदस्य तथा सूर्योदय लघुवित्त वित्तीय संस्था का अध्यक्ष अनन्तकुमार श्रेष्ठले पुष्पलाल को योगदान चर्चा मात्र होईन उहाँको शैलिलाई ब्यवहारमा ल्याई संस्कृतिका रूपमा बदल्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा बिरूवा गाउपालिका अध्यक्ष चुन प्रसाद शर्मा नेपाल कम्युनिस्ट पार्टी बिरूवा गाउपालिका प्रमुख नारायण थापाले मन्तव्य राख्नु भएको थियो । फाउन्डेसनका अध्यक्ष सूर्य कुवरको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
