कास्कीमा २० वर्ष अघि हत्या गरी फरार रहेका व्यक्ति पक्राउ

कास्की । अन्नपूर्ण गाउँपालिका-११ साबिक घान्द्रुक गाविस-७ बस्ने ३१ वर्षीय मन प्रसाद गुरुङको हत्या गरी फरार रहेका सोही ठाउँ बस्ने प्रतिवादी ५६ वर्षीय कुमार गुरुङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ।

मन प्रसाद र कुमारबीच २०५६ माघ ४ गते साँझ हङकङ आईडीको बिषयमा वादविवाद भएकोमा कुमारले धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएका मन प्रसादको भोलिपल्ट माघ ५ गते बिहान सोही चोटका कारण मृत्यु भएको थियो।

Advertisement

घटना लगत्तै फरार कुमार म्याग्दी जिल्लाको बिभिन्न स्थानमा लुकिछिपी बसेको, करिव २ बर्षपछि भारततर्फ गएको करिब १४ वर्ष भारत बसी बुबाको मृत्यु पश्चात घर फर्केको र कास्की जिल्लाकै बिभिन्न स्थानमा लुकिछिपी बसेको अवस्थामा उनकै घर ठेगानाबाट प्रहरीले पक्राउ गर्न सफल भएको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

More News last news
Loading...