तनहुँ । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) गण्डकीले ३७ औं विपी स्मृति दिवस तथा ५७ औं इन्जिनियर दिवस २०७६ को अवसरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा नेपाली कांग्रेस तनहुँ सभापति एवं व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानले पहिलो रक्तदाता सुरेन्द्र पाण्डेलाई ब्लड ब्याग हस्तान्तरण गरि विपिको योगदान स्मरण गदै काँग्रेस विविले देखाएको बाटोमा हिडनुपर्ने बताए । रक्तदान कार्यक्रम आफैमा पुण्यको कार्यक्रम भएको भन्दै सिडेनको प्रशंसा समेत गरे ।
कार्यक्रममा ने.का जिल्ला उपसभापति जितप्रकाश आले, शुक्लागण्डकी मेयर किसान गुरुङ्, नेपाल विद्यार्थी संघ तनहुँ सभापति चूडामणि खनाल, तनहुँ शुक्ला गण्डकी नेविसंघ संयोजक चित्र कान्त गौतम लगायतले वैज्ञानिकले रगतको विकल्पमा अन्य कुनै आविष्कार गर्न नसकेको बताउँदै रक्तदान महादान भएको उल्लेख गरे ।
नेपाल विद्यार्थी संघ तनहुँको सहआयोजना र क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा आयोजना भएको रक्तदानमा ९४ युनिट रगत संकलन भएको छ । कार्यक्रम संयोजक ई.बलराम पाठकले सानो ठांउमा पनि यस्तो काम गर्ने सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे ।
सिडेन गण्डकी अध्यक्ष सुरेन्द्र पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा सचिव राजीव रिमालले सहजीकारण गरेका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
