स्कुलमा भएको मनिटरको चुनाव हारेपछि विद्यार्थीले त्यागे जीवन !

काठमाडौँ । कक्षा कोठामा भएको निर्वाचनमा हारेपछि एक छात्रले जीवन नै त्याग गरेका छन्। भारतको तेलंगाना भुवनगिरी जिल्लाको रमन्नापेटमा शुक्रवार कक्षा ८ मा अध्ययन गर्ने विद्यार्थीको शव रेलको पटरीकामा काटिएको अवस्थामा फेला परेको छ।

प्रहरीले दिएको जानकारी अनुसार चरण भोंगिरले विद्यालयमा भएको मनिटरको चुनाव हारेका थिए। अहिले अड्कल लगाइएको छ कि यसकारण उनले जीवन त्याग गर्न पुगेका हुन्। डिसीपी नारायण रेड्डीका अनुसार उनी बिहिबार देखि नै वेपत्ता भएका थिए। कृष्णादेवी ट्यालेन्ट स्कूलमा उनी अध्ययन गर्थे।

Advertisement

मृतक विद्यार्थीका परिवारले स्कुल विरुद्ध मुद्धा दायर गरेर घटना अगाडि बढ्न सक्ने बताइएको छ। छात्रकी आमा विजयालक्ष्मीका अनुसार १६ जुलाई स्कुलमा निर्वाचन भएको थियो। उनले ५ भोटले हारेका थिए।

यसकारण अत्याधिक तनाबमा पनि थिए। बिहिबार स्कुलबाट आएपछि उनले छोरालाई अन्तिम पटक देखिन्। स्कुलबाट आएर उनी हराए । राति अबेरसम्म नआएपछि बिहिबार रातिदेखि नै खोजिकार्य तीव्र बनाइएको थियो।

More News last news
Loading...