जापानी दूतावास बाहिर ७० वर्षीय वृद्धले गरे आत्महत्या

सियोल । दक्षिण कोरियाको राजधानी सियोलस्थित जापानी राजदूतावास अघिल्तिर एक जना वृद्ध कोरियालीले आत्महत्या गरेका छन्।

जापानसँग व्यापार तथा कुटनीतिक विवाद चर्किरहेकै बेला करिब ७० वर्षका एक कोरियाली वृद्धले आफैँलाई आगो लगाएर आत्महत्या गरेका छन्।

Advertisement

कोरियाली प्रहरीले जापानी राजदूतावासको अघिल्तिर पार्क गरिएको कारमा आगो लागेको र उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाएको छ।

प्रहरीले कारभित्र २० वटा ग्यास सिलिन्डर पनि फेला परेको बताएको छ । एक स्थानीय सञ्चार माध्यमले मृत्यु भएका व्यक्तिका ससुरा जापान युद्धका बेला जापानीहरुले जबर्जस्ती दास बनाइएको बताएका छन्।

More News last news
Loading...