कांग्रेस महासचिव प्रियंका गान्धी पक्राउ, यस्तो छ कारण

मिर्जापुर । भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धी उत्तर प्रदेशको मिर्जापुरमा पक्राउ परेकी छन्। सोनभद्रामा जग्गा विवादका कारण भएको गोलाबारीमा मारिएका तथा घाइते भएकाको परिवारलाई भेट्न जाने क्रममा प्रियंका पक्राउ परेकी हुन्।

‘मलाई नै थाहा छैन मलाई कहाँ लगिँदै छ। हामी जहाँ पनि जान तयार छौं’, उनले भनिन्। गोलीबारी पछि उत्तर प्रदेशमा सेक्सन १४४ लागू गरिएको छ। जसअनुसार ४ जनाभन्दा बढी व्यक्ति झुण्ड बनाएर सार्वजनिक स्थानमा बस्न पाइँदैन।

Advertisement

एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा १० जनाको मृत्यु भएपछि युपिमा सेक्सन १४४ लागू गरिएको थियो। प्रियंका युपि सरकारको विरोधमा धर्ना पनि बसेकी थिइन् । गोलीकाण्डका पिडीतलाई भेट्न पाउनुपर्ने उनको माग थियो।

आफू ४ जनाको संख्यामा पनि पीडितलाई भेट्न जान तयार रहेको उनले बताइन्। तर, प्रशासनले आफूहरुलाई जान नदिएकाले धर्ना बसेको उनले बताएकी थिइन्।

More News last news
Loading...