तनहुँमा ५ वर्षीया बालिका बलात्कृत, आरोपित पक्राउ

तनहुँ । पाँच वर्षकी बालिका बलात्कार गरेको आरोपमा तनहुँमा एक जना पक्राउ परेका छन् । तनहुँको ऋषिङ १ घर भई ब्यास ७, पल्लो नरंगामा बस्दै आएका १९ वर्षीय नविन थापा पक्राउ परेका छन्।

स्थानीय बालिकालाई मकैबारीमा लगेर बलात्कार गरेको आरोपमा उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बालिकाको अस्पतालमा उपचार भइरहेको छ।

Advertisement

बुधबार साँझ साथीसँग खेल्दै गरेकी बालिकालाई थापाले फकाई फुलाई गरी नजिकै मकै बारीमा लगी बलात्कार गरेको बुझिएको छ। बालिका घर फर्केर हजुरआमालाई भनेपछि घटना बाहिर आएको हो। त्यसपछि आफन्तले प्रहरीमा उजुरी दिएका थिए।

More News last news
Loading...