काठमाडौं । तारकेश्व र नगरपालिका-११ मनमैंजु डेरा गरी बस्ने नुवाकोट बिदुर नगरपालिका-७ घर भएकी ३६ वर्षीया नानी मैया सार्कीको कोठाबाट नगद १० हजार रुपैयाँ र सुनका गरगहना समेत गरी करिब १ लाख ४० हजार रुपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ।
यसैगरी काठमाडौं महानगरपालिका-३ बसुन्धारा डेरा गरी बस्ने काभ्रे रोशी गाउँपालिका-४ घर भएका बिदुर रायमाझीको कोठाबाट नगद ६० हजार रुपैयाँ र सुनका गरगहना समेत गरी करिब १ लाख ८० हजार रुपैयाँ बराबरको धनमाल बुधबार साँझ चोरी भएको छ।
यसैगरी ललितपुर महालक्ष्मी नगरपालिका-३ बोझे पोखरी बस्ने रवि विष्टको घरबाट सुनका विभिन्न गरगहना र मोबाइल १ थान समेत गरी करिब २ लाख २३ हजार रुपैयाँ बरावरको धनमाल बुधबार दिउँसो चोरी भएको छ।
चोरीमा संलग्न फरार व्यक्तिहरुको स्थानीय प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
