रिजन नेपाल
पोखरा । कास्की प्रहरीले गत आवमा ८ सय २९ दायर मुद्दामा ५ सय ७८ मुद्दा फछ्यौट गरिसकेको जनाएको छ । कुल ८२ दुर्घटनामा परी जिल्लामा ३१ जनाले ज्यान गुमाएको र ८० जना घाइते भएका छन् । यस्तै ६४ हजार २ सय सवारीचालकलाई कारबाही गरिएको र ४ करोड ४७ लाख रुपैयाँ राजश्व असुली गरेको जनाएको छ ।
जिल्लामा दायर मुद्दामध्ये सबैभन्दा बढी लागु औषधका छन् । जसमा १ सय ७० मुद्दा लागुऔषधसम्बन्धी रहेको र सोमा २ सय ५९ जनालाई पक्राउ गरिएको छ । यस्तै, आपराधिक क्रियाकलापमा आत्महत्याका घटना दोस्रो ठूलो संख्यामा छन् । जसका १ सय २८ घटना छन् । कत्र्तव्य ज्यानका १७, ज्यान मार्ने उद्योग १४, जबर्जस्ती करणका ५८ र जबर्जस्ती करणी उद्योगका २१ घटना छन् ।
यस्तै, अवैध हतियार पेनगन सहित कास्की प्रहरीले ठूलो परिणामको लागुसहित सहित पक्राउ परेका १जनालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कास्कीको कास्कीकोट घर भइ हाल पोखरा मासबार बस्ने २४ वर्षीय सागर रानाभाट हुन् ।
कास्की प्रहरीले बुधबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा एसपी दानबहादुर कार्कीले लागुऔषधसहित कास्कीमा पहिलो पटक अवैध हतियार पेन गन भेटिएको बताए । रानाभाटको साथबाट प्रहरीले पेनगहसति सात थान गोली र लागुऔषधसहित बरामद गरेको हो ।
उनले लागूऔषध सेवन, ओसारपसार र विक्री वितरण तथा हतियारसमेत बोकी हिड्ने गरेको भन्ने सुचनाका आधारमा अनुसन्धान पश्चात निजको डेरामा तलाशी लिई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
रानाभाटबाट प्रहरीले ६० थान फेनारगन, ६० थान ब्रफिनर्फिन, ६० थान डाईजापाम, १५ चक्की नाईट्रोसन, १० थान पासपोर्ट तथा ७ थान नागरिकता प्राप्त गरिएको जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
