आकाशमै जहाजको इन्धन सकिएपछि … यस्तो चमत्कार भएर जोगियो

काठमाडौं । आकाशमा उडिरहेको जहाजले ल्याण्ड गर्न नसकि अर्को एयरपोर्ट डाइभर्ट गर्न खोज्यो । यसरी यताउता लैजाँदै गर्दा जहाजमा इन्धन सकिन थाल्यो ।

त्यो बेला पाइलट र यात्रुहरुको अवस्था के भयो होला रु तर यसलाई चमत्कार नै भन्नुपर्छ, अन्ततः जहाज सुरक्षितरुपमा अवतरण गर्न सफल भयो । जहाजले जमिन छुँदा त्यहाँ जम्मा ५ मिनेटका लागि मात्रै इन्धन बाँकी रहेको थियो ।

Advertisement

यो घटना अहिले भारतीय मिडियामा चर्चाको विषय बनेको छ । विस्ताराको मुम्बईदेखि दिल्ली आइरहेको जहाजलाई खराब मौसमका कारण लखनऊ डाइभर्ट गरिएको थियो । तर लखनउको मौसम पनि सफा नभएपछि यसलाई प्रयागराज पठाइयो । तर त्यहाँ पुग्नुअघि नै फेरी विमान लखनउ फर्किनुपर्यो ।

लो भिजिबिलिटीका कारण जहाज अवतरण हुन समस्या आइरहेको थियो । तर जब पाइलेटले इमर्जन्सी मेसेज पठाएर लखनऊ अवतरण गरे त्यो बेलासम्म जहाजको इन्धन करिब रित्तिइसकेको थियो ।

मौसम खुलेको र लखनउ एयर ट्राफिक कन्ट्रोलरले चुस्तरुपमा काम गरेको कारण एयरक्राफ्ट दुर्घटना हुनबाट भने जोगियो । लखनउदेखि प्रयागराजको बमरौली एयरपोर्टको २ सय किमी यात्रा गर्न विमानमा पर्याप्त इन्धन थिएन ।

फाइट रडार २४ को तथ्यांक अनुसार, प्रयागराज जाने क्रममा ७ मिनेटको यात्रापछि विमानलाई लखनऊ फर्किनु परेको थियो । त्यसको २० मिनेट भित्र यसको अवतरण भयो ।

एटिसीले लखनऊको मौसम सफा भएको जानकारी दिएपछि उनीहरुले सकुशल अवतरण गर्न सकेका थिए । पाइलटका अनुसार, फ्यूल टंयाकीमा २ सय किलोग्राम या ५ मिनेटका लागि मात्रै इन्धन बाँकी रहेको थियो ।

नवभारत टाइम्समा प्रकाशित रिपोर्ट अनुसार, ए–३२० नियो एयरक्राफ्टको अपरेटिङ फ्लाइट युके९४४ मुम्बईबाट हिजो दिउँसो २ बजेर ४० मिनेटको समयमा ८ हजार ५०० किलो इन्धनसहित दिल्लीका लागि उडेको थियो । मुम्बई र दिल्लीबीचको समय दुई घण्टा भन्दा कमको छ ।

यो घटनालाई पाइलटहरु चमत्कार नै बताइरहेका छन् । कतिपयले भने पाइलटलाई दोष दिएका छन् ।

More News last news
Loading...