काठमाडौं । विश्वमा हामीले पत्याउन नसक्ने खालका अप्रत्याशित घटनाहरु समयसमयमा भइरहेका हुन्छन् । यस्तै, इटहरीमा श्रीमान श्रीमतीको एकै दिन मृत्यु भएको खबरले सबैले चकित बनाएको छ ।
श्रीमतीको मृत्यु भएको एक घण्टाको अन्तरमा श्रीमानको पनि ज्यान गएको हो । इटहरी उपमहानगरपालिका–१३ खनारकी ७८ वर्षीया नर्बदा भट्टराईको मंगलबार साँझ पौने ७ बजे मृत्यु भएको थियो ।
उनको मृत्युको शोकमा परेका उनका पति ८६ वर्षीय टीकाप्रसाद भट्टराईको पनि एक घण्टापछि हृदयघात कारण मृत्यु भएको आफन्तले बताए ।
श्रीमान श्रीमतीको एकै दिन दुई जनाको मृत्यु भएपछि स्थानीयले ‘मृत्यु राम्रो’ भएको भन्दै शवलाई नगरपरिक्रमा समेत गराएका थिए ।
स्थानीयले खनारदेखि नगर परिक्रममा गराउँदै इटहरी–४ स्थित बुढीखोलाको दाहसंकार स्थलसम्म दुवै शवलाई एकै चितामा दाहसंस्कार गरेको जानकारी दिएका छन् । विश्वमा यस्ता घटना विरलै हुन्छन् । सामान्यतया सँगै बाँच्ने सँगै मर्ने कसम खाने गरे पनि पुरा भने धेरैले गर्न पाउँदैनन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
