मुस्ताङ । प्रतिकूल मौसमका कारण एक सातादेखि पोखरा-जोमसोम हवाई सेवा प्रभावित बनेको छ। कास्की र मुस्ताङ खण्डमा मौसमी अवस्थामा सुधार नभएकाले हवाई उडान नसकेको जोमसोम नागरिक उड्यन कार्यालयले जनाएको छ।
लगातार उडान रद्द हुन थालेपछि मुस्ताङ-पोखरा आउजाउ गर्ने पर्यटकले टिकट रद्द गर्न थालेको नागरिक उड्यन कार्यालय जोमसोमका प्रमुख भानुभक्त कोइरालाले जानकारी दिए।
उनका अनुसार जोमसोम आउने तारा एयरलाइन्सका दैनिक ५ वटा उडान रद्द हुँदै आएका छन्। सिजनको समयमा पोखरा-जोमसोममा दैनिक १८ वटा सम्म उडान हुने गर्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
