बाढी, पहिरो पीडितको उद्धार र सहयोगमा जुट्न कांग्रेस नेता प्रदीप पौडेलको अपिल

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले अविरल वर्षाका कारण देशभर भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मानवीय उद्धारमा जुट्न अपील गरेका छन् ।

सामाजिक सञ्जाल टुईटरमा स्टाटस लेख्दै नेता पौडेलले केही दिनदेखि निरन्तर भएको वर्षाका कारण आएको बाढी पहिरोमा परी भएको मानविय क्षतिप्रति दुख व्यक्त गर्दै मानविय उद्धारमा जुट्न सबैमा अपिल गरेका छन्। पौडेलले लेखेका छन्, बिहीबार रातिबाट परिरहेको अविरल वर्षाका कारण देशका विभिन्न भूभागहरू डुबानमा परेका छन् । कैयौंको ज्यान गएको छ । धेरैजना घरबार विहीन बन्न पुगेका छन् । धनजनको ठूलो क्षति भएको छ । सबैजना मिलेर विपत्तिको सामना गर्नुको विकल्प छैन । यस विपद्को घडीमा मानवीय उद्धारमा जुट्न अपील गर्दछु।

Advertisement

साथै उनले आफ्ना पार्टीका सबै तहका नेता कार्यकर्ताहरुलाई उद्धार र राहतमा जुट्न पनि हार्दिक अपिल गरेका छन्।

शुक्रबारसाँझ सम्ममा देशभर बाढी पहिरोका कारण जनाको ज्यान गएको छ भने ७ जना बेपत्ता भएका छन् । निरन्तर वर्षा भइरहेकाले पहाडमा पहिरो र तराईमा बाढीको प्रकोप बढिरहेको छ ।

More News last news
Loading...