पोखरामा श्रीमतीको उपचार गर्ने बहानामा जंगलमा लगेर हत्या, २५ दिनसम्म गुपचुप

पोखरा । पोखरा २२ पुम्दिभुम्दि स्थित ठुलढुङ्गाको जंगलमा एक महिलाको अस्थिपञ्जर भेटिएको छ।

मकवानपुर घर भई पोखरा १० रामबजारमा मोबाईल पसल गरी बस्ने ३५ बर्षिय रमेश नेपालीले २८ बर्षिया आफ्नी श्रीमती लक्ष्मी नेपालीलाई हत्या गरी जंगलमा फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। लक्ष्मीको २५ दिन पछि अस्थिपञ्जर बुधबार बिहान फेला परेको हो।

Advertisement

असार १ गते श्रीमतीलाई औषधी गर्न जाने भन्दै पोखरा २२ पुम्दिभुम्दिस्थित ठुलढुङगाको जंगलमा हत्या गरी फालेको अवस्थामा प्रहरीले अस्थिपञ्जर फेला पारेको हो। लक्ष्मीका श्रीमान्ले श्रीमती हराएको भन्दै प्रहरीमा खोजी गर्न निवेदन दिएका थिए।

कास्कीका प्रहरी प्रमुख एसपि दानबहादुर कार्की सहितको टोली घटनास्थल पुगी निरीक्षण गरेको थियो। एसपी कार्कीले परिवार कै सदस्यबाट महिलाको हत्या भएको भन्दै थप अनुसन्धान भईरहेको बताए। श्रीमान्लाई हत्या आरोपमा पक्राउ गरिसकेको प्रहरीले जानकारी दिएको छ।

शवलाई मुचुल्का गरी पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जानकारी दिएको छ । हत्या भएको २५ दिन सम्म पनि किन थाहा भएन रु भन्ने प्रश्न उठेको छ।

तर, लक्ष्मीलाई हत्या गरी फालिएको स्थान नजिकै मरेको गाई भएका कारण पनि स्थानीयले गाई नै गन्हाएको अड्कल काटे।

More News last news
Loading...