काठमाडौं । अमेरिकाले नेपालबाट अध्ययनका लागि नेपाली विद्यार्थीका लागि भिसा शुल्क घटाएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा शुल्क घटाएको जानकारी गराएको हो ।
नेपाली विद्यार्थीसँग ‘भिसा पारस्परिकता एसुरेन्स’ शीर्षकमा लिँदै आएको २ सय अमेरिकी डलर अर्थात् २२ हजार १ सय ४६ रुपैयाँ छुट दिने निर्णय दूतावासले निर्णय गरेको हो । दूतावासले यो निर्णय १ जुलाईदेखि लागू भएको छ ।
‘१ जुलाई २०१९ देखि अमेरिका अध्ययन भिसा पाउने सबै नेपाली विद्यार्थीले २ सय डलर भिसा पारिस्परिकता एसुरेन्स शुल्क तिर्नुपर्ने छैन,’ दूतावासले भनेको छ, ‘आवेदन तथा सर्भिस शुल्क चाहिँ लाग्नेछ ।’
दूतावासको यो निर्णयसँगै अब अमेरिका जाने नेपाली विद्यार्थीको भिसा शुल्क ५० प्रतिशतले कमी हुनेछ । दूतावासले यसअघि अमेरिका पढ्न जाने नेपाली विद्यार्थीबाट ३ सय ६० अमेरिकी डलर शुल्क लिँदै आएको थियो ।
यसमा १ सय ६० भिसा शुल्क र विद्यार्थीका लागि थप २ सय डलर थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
